काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ । आज बिहान कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले राष्ट्रियसभाका सांसद समेत रहनुभएका श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो ।

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले आज सोमबार अपराह्न ४ बजे राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको शपथ लिँदैहुनुहुन्छ । उहाँसँगै श्रेष्ठलगायत मन्त्रीहरूको शपथ हुनेछ ।