काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छिमेकी दुई देश चीन र भारतले बधाई दिएका छन् । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका रूपमा प्रचण्डलाई नियुक्त गरेपछि उहाँलाई चीन र भारतले बधाई दिएका हुन् ।नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शपथ लिनुअघि नै दुवै छिमेकी देशले बधाई दिएका छन् । प्रचण्डलाई नेपालस्थित चिनियाँ राजदूतावास र भारतीय राजदूतावासबाट बधाई आएको हो ।

प्रचण्डलाई नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ सिन तथा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले टेलिफोनमार्फत बधाई दिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

’नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई छ ! भारत र नेपालबीचको विशेष सम्बन्ध, गहिरो सांस्कृतिक सम्बन्ध र जनता–जनताबीचको न्यानो सम्बन्धमा आधारित छ’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेका छन् ’यो मित्रतालाई अझ मजबुत बनाउन म तपाईंसँग मिलेर काम गर्न तत्पर छु ।’

त्यस्तै प्रचण्डलाई चिनियाँ र भारतीय राजदूतावासका तर्फबाट बधाई दिइएको छ । चीनका कार्यवाहक राजदूत वाङ सिन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले टेलिफोनमार्फत बधाई दिएका हुन् ।

दुवै दूतावासका राजदूतले माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएको बधाई दिँदै उहाँको कार्यकालमा दुई देशको सहकार्य र सम्बन्ध थप विस्तारित हुने बताएका थिए । चिनियाँ दूतावासका प्रवक्ताले पनि सामाजिक सञ्जाल ट्वीटरमार्फत ‘नेपालको ४४औँ प्रधानमन्त्रीमा नियुक्त अध्यक्ष दाहाललाई बधाई’ भनि लेख्नुभएको छ ।

भारतीय राजदूत श्रीवास्तवले पनि प्रधानमन्त्री दाहालको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप बलियो बनाउँदै उचाइमा पु¥याउने बताउँदै नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिनुभयो ।