फाइल तस्वीर

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दै छ । प्रधानमन्त्रीमा पार्टी अध्यक्ष प्रचण्ड नियुक्त हुनुभएसँगै पार्टी मुख्यालय पेरिसडाँडामा अहिले बिहान ८ बजे बैठक बस्न लागेको हो ।

बैठकमा सरकारमा पठाउने मन्त्रीहरुको विषयमा छलफल गर्न, पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न र माओवादीले पाउने मन्त्रालय र ती मन्त्रालय सम्हाल्ने मन्त्रीहरुबारे छलफल हुने बताइएको छ । माओवादी केन्द्रको पदाधिकारी बैठक सकएलगत्तै आज बिहान ११ बजे नयाँ गठबन्धन दलहरुको बैठक पनि बोलाइएको छ । बैठक संसद भवन नयाँबानेश्वरमा बस्ने भएको छ ।

हिजो आइतबार प्रधानमन्त्रीमा नियुक्त हुनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज अपराह्न चार बजे केही मन्त्रीहरुसहित पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहुन्छ ।