नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, फाइल तस्वीर


काठमाडौं — नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष भोलि सोमबार अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ लिनुहुने र त्यहाँपछि उहाँले सिंहदरबार पुगेर कार्यभार सम्हाल्नु हुनेछ ।
दश वर्षे जनयुद्धबाट विश्रामलिंदै राजनीतिक मूलधारमा आउनु भएका प्रधानमन्त्री प्रचण्ड सङ्घीय गणतन्त्र नेपालको पहिलो जननिर्र्वाचित प्रधानमन्त्री हुनुहुन्छ । यस अघि दुई पटकसम्म प्रधानमन्त्री बनिसक्नु भएका प्रचण्ड यो समेत गरी तीन पटक देशको प्रधानमन्त्री बन्न सफल हुनुभएको छ ।
राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ समारोह भोलि शितलनिवासमा आयोजना गरिने भएको छ । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार नवनियुक्त प्रधानमन्त्रीसहित केही मन्त्रीहरूले पनि शपथ ग्रहण गर्नुहुनेछ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहनुभएका नवनियुक्त प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभाको एक सय ६९ सांसदको समर्थन प्राप्त छ ।