काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन १६६ जना सांसदको समर्थन रहेको पत्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउनुभएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दलहरूबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएपछि प्रचण्डसहितका सात दलका शीर्ष नेताहरू शीतल निवास पुग्नुभएको हो । सरकार गठनको लागि राष्ट्रपति भण्डारीले दिनुभएको समयसीमा सकिनुभन्दा केहि समय अगाावै प्रचण्ड, ओली, सीके राउत, उपेन्द्र यादवलगायतका नेताहरू शीतल निवास पुग्नुभएको थियो ।