काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा सिफारिस भए लगत्तै जनता समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत् बधाई दिनुभएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज आइतबार भएको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएपछि उक्त सहमतिअनुसार संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री पदमा दाबी गर्न एमाले, माओवादी केन्द्रसहित दलका शीर्ष नेताहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुग्नुभएको हो ।
एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुपिक्त पार्टीबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो । १६६ सांसदको समर्थनसहित प्रचण्डलाई प्रधानमन्त्री बनाउन दलका शीर्षनेताहरु राष्ट्रपति कार्यालय पुग्नुभएको छ । पूर्वप्रधानमन्त्री डा. भट्टराईले प्रचण्डलाई नयाँ प्रधानमन्त्री बन्न लागेकोमा बधाई दिनुभएको हो ।
नयाँ राजनीतिक समीकरणको तर्फबाट संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीकालागि राष्ट्रपतिसमक्ष सिफारिस हुनुभएका क.प्रचण्डलाई हार्दिक वधाई । अतिले खति गर्छ भन्ने काङ्ग्रेस नेतृत्वले बुझोस्,’ डा.भट्टराईले ट्वीटमार्फत् लेख्नुभएको छ ।