फाइल तस्वीर


काठमाडौं — प्रतिनिधिसभामा नयाँ प्रवेशी पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बस्दैछ । सरकारमा जाने नजाने विषयलाई लिएर आज आइतबार दिउँसो बैठक बस्न लागेको हो ।


नयाँ सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुलाई गर्नु भएको आह्वानको आज अपरान्ह पाँच बजे समससीमा सकिंदैछ । सरकार गठनका लागि कुनै पनि राजनीनिक दलको स्पष्ट बहुमत नभएका कारण अब बन्ने सरकार मिलिजुली सरकार बन्ने हुँदा रास्वपाले आफ्नो पार्टी सरकारमा जाने कि प्रतिपक्षमा बस्ने बन्ने विषयमा आज बैठकले निर्णय गर्नेछ ।


रास्वपाका अनुसार आजको बैठकले सरकारमा जाने कि नजाने भन्ने निर्णय गरिने बताएका छन् । आजको बैठकमा सरकारमा सहभागी हुने हो भने सङ्ख्या सहित कुन कुन मन्त्रालय आफुहरुले लिने र पार्टीको एजेण्डा के के हुने बन्ने विषयमा समेत आजको बैठकले निर्णय गर्ने बताइएको छ ।