साङ्केतिक तस्वीर

काठमाडौं – काठमाडौंको त्रिपुरेश्वरमा भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बागमती प्रदेश ०१–०२७ च ८९८२ नम्बरको प्राइभेट भ्यानले गए राति बा ३२ प २४२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–१० बस्ने ४६ वर्षीय सुरजध्वज सुनार रहेका उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

भ्यानसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।