फाइल तस्वीर
काठमाडौं — सत्ता गठबन्धनका प्रमुख तीन दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । सरकार गठन र प्रमुख पदहरु बाँडफाँटको विषयलाई लिएर मुख्य तीनका शीर्ष नेताहरुबीच अहिले केहीबेरमा बैठक बस्न लागेको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायतका शीर्ष पदहरु बाँडफाँटका विषय छलफलका मुख्य विषय भएको रहेको छ । सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पुष १० गते आइतबारसम्मको समयसीमा तोकेपश्चात् गठबन्धन दलका शीर्ष नेताहरु सरकार गठन र भावि रणनीतिका विषयमा समेत छलफल गर्न जुटेका हुन् ।

बैठकमा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेता सहभागी हुने बताइएको छ । सरकार गठन गर्नुपर्ने दिन नजिकिदै गर्दा दलहरु सहमतिका लागि थप दबाबमा परेका छन् ।