फाइल तस्वीर
काठमाडौं – नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा उम्मेदवारी दिन ४५ हजार रुपैयाँ शुल्क तोकिएको छ । निर्वाचन समितिको निर्वाचनसम्बन्धी कार्यतालिकामा उम्मेदवारले ४५ हजार रुपैयाँ उम्मेदवारी दरखास्त शुल्क बुझाउनु पर्ने उल्लेख छ ।
कार्यविधिमा उम्मेदवारी दरखास्त फारमबापतको शुल्क १ हजार रुपैयाँ छुट्टै तिर्नपर्ने पनि उल्लेख छ । बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि पुस १३ गते निर्वाचन हुने भएको छ । बागमती संसदीय दलको नेताका लागि प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँ र बहादुरसिंह लामाको दाबी छ । उनीहरु दुवै काङ्ग्रेस संस्थापन पक्षीय नेता हुन् ।
यसअघि काङ्ग्रेसको प्रतिनिधिसभा संसदीय दलको निर्वाचनमा उम्मेदवारी दरखास्त शुल्क ५१ हजार रुपैयाँ तोकिएको थियो ।