फाइल तस्वीर
काठमाडौं – अमेरिकी नागरिकसहितको हत्यामा मुछिएर जेल सजाय भोगिरहेका कुख्यात अपराधी चार्ल्स सोभराज सुनधारस्थित केन्द्रीय कारागारबाट छुट्ने भएका छन् । बुधबार सर्वोच्च अदाललते दिएको आदेशअनुसार उनी आज जेलमुक्त हुने भएका हुन् ।

पछिल्लो समय अमेरिकी नागरिकको हत्या प्रकरणमा १९ वर्ष लामो सजाय काटिसकेका र केन्द्रीय कारागारमै रहेका जाली नोटसहितका आपराधिक कार्यमा संलग्न युनुस अन्सारीमाथिको गोलीकाण्डको सजाय भोगिरहेका शोभराजको उमेर ७७ वर्ष नाघिसकेकाले सर्वोच्च अदालतले उनलाई ज्येष्ठ नागरिकलाई दिइने सुविधाअनुसार ७५ प्रतिशत सजाय माफी मिनाह हुने भन्दै रिहा गर्न बुधबार आदेश दिएको थियो ।

सर्वोच्चको आदेशअनुसार बिहीबार नै दुवै अदालतबाट शोभराजले सजाय कटाइसकेको पत्र केन्द्रीय कारागारमा पठाएका थिए । काठमाडौं अदातले युनुसमाथिको गोलीकाण्डमा सजाय भोगिसकेको पत्र पनि पठाइदिएपछि शोभराज आज शुक्रबार रिहा हुन लागेका हुन् । उनलाई अब जेलबाट सिधै अध्यागमन विभागमा लगेर बुझाइँदैछ । शोभराजलाई अध्यागमन विभागको जिम्मा लगाइने र अध्यागमनले स्वदेश फिर्तीको प्रक्रिया सुरु गर्ने बताइएको छ । हिजो छुटन उनले नमानेपछि आज अध्यागमन लैजाइने भएको हो ।

सर्वोच्चले शोभराजलाई १५ दिनभित्र आफ्नै देश फ्रान्स पठाउन भनेको छ । बुधबार सर्वोच्चका न्यायाधीश सपनाप्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले १० महिना कैद छुट दिँदै उनलाई थुनामुक्त गर्न बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरेको हो । फलस्वरुप उनी आज रिहा हुन लागेका हुन् ।