काठमाडौं – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकोे छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका केही भू–भागमा हुस्सु तथा कुहिरो लागिरहेको छ ।

आज दिउँसो देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहनेछ । आज राती सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भूऔभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । भोलि शनिबार भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

देशका हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना छ । हिमाली भेगमा हल्का हिमपातको सम्भावना र तराईमा हुस्सु लाग्ने संभावना रहेको हुनाले दैनिक जीवन तथा सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।