काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको हो ।

बैठकले संसदीय दलको नेता र सचेतक चयन गर्नेछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपराह्न बसेको पदाधिकारी बैठकले संसदीय दलको नेता पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख सचेतकमा हितराज पाण्डे र राष्ट्रियसभामा दलको नेता नारायणकाजी श्रेष्ठलाई बनाउने निर्णय गरेको थियो । रासस