काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको संसदीय दलको नेतामा पार्टी अध्यक्ष समेत रहनुभएका पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत चयन हुनुभएको छ । माओवादी संसदीय दलको आज बिहीबार बसेको बैठकले अध्यक्ष प्रचण्डलाई निर्विरोध चयन गरेको हो ।

माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणपछि संसदीय दलको नेता चयन गरेको हो । आज दिउँसो १ बजे प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो ।

प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण कार्यक्रमका ४ जना सांसद् अनुपस्थित भएका छन् । शपथ कार्यक्रममा नआउनेमा माओवादी केन्द्रका रामकुमार राई र महिन्द्र राय यादव, एकीकृत समाजवादीका प्रेमबहादुर आले र नेपाली काङ्ग्रेसकी माया राई सहन् भएको छ ।