फाइल तस्वीर

काठमाडौं – प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित सांसद्हरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद्हरुलाई जेष्ठ सांसद् पशुपति शमशेर जबराले नयाँबानेश्वरस्थित प्रतिनिधिसभाको सभाकक्षमा शपथ ग्रहण गराउनु भएको हो ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित् सांसद्हरुमध्ये अधिकांशले नेपाली भाषा र केही सांसद्हरुले मातृ भाषामा शपथ ग्रहण लिनुभएको थियो । आजको शपथ ग्रहण समारोहमा नेपाली काङ्ग्रेसकी माया राई, नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आले, नेकपा माओवादी केन्द्रका सांसद्द्वय महिन्द्रराय यादव र रामकुमार राई भने अनुपस्थित भएका उहाँहरुले शपथ ग्रहण लिनुभएको छैन ।

यसैगरी भ्रष्टाचारको मुद्दा खेपिरहेका मनाङबाट निर्वाचित नेपाली काङ्ग्रेसका सांसद् टेकबहादुर गुरुङ र हत्या अभियोग लागेका अर्का सांसद लक्ष्मी महतो ‘कोइरी’ले पनि शपथ लिनु भएको छैन ।