फाइल तस्वीर


काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने र उड्ने सबै हवाई उडानहरु अवरुद्ध भएका छन् । काठमाडौंमा आज बिहानैदेखि लागेको बाक्लो हुस्सुका कारण आन्तरिक र बाह्य सबै उडानहरु प्रभावित भएका हुन् ।

विमानस्थल कार्यालयका अनुसार बिहानै केही विमान अवतरण भएता पनि पछि बाक्लो हुस्सु बढ्दै जाँदा भिजिविलिटी नै नभएका कारण सबै उडान र अवतरण प्रभावित भएको छ । खराब मौसमका कारण केही विमानलाई डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

जहाज उडान र अवतरका लागि आवश्यक पर्ने भिजिविलिटी र मौसममा सुधार आउना साथ विमानहरु अवतरण र उडान सञ्चालन हुने जनाएको छ ।