काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी आज बुटवल जाँदै हुनुहुन्छ । बुटवलमा आजदेखि सुरु हुन लागेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधी तथा पर्यटन महोत्सवको कार्यक्रमको उद्घाटन गर्न राष्ट्रपति भण्डारी बुटवल जान लाग्नुभएको हो ।
‘समृद्ध नेपाल निर्माणको आधार, स्वेदशी उद्यमशीलताको विस्तार’ भन्ने नाराका साथ सुरु हुन लागेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधी तथा पर्यटन महोत्सवको प्रदर्शनीमा विभिन्न प्रकृतिका स्वदेशी उत्पादन तथा प्रविधिका ४ सय ५० स्टल रहने छन् । प्रदर्शनि मुल आयोजक समितिका संयोजक माधव पौडेलका अनुसार यस पटकको प्रदर्शनीमा ७ लाख दर्शकले अवलोकलन गर्ने र २५ करोडको आर्थिक कारोवार हुने लक्ष्य राखिएको र विगतका प्रदर्शनीभन्दा यस पटकको प्रदर्शनी फरक रहने भएको छ ।
प्रत्येक वर्ष पुस महिनामा मेला महोत्सव हुँदै आएको बुटवलमा यो वर्ष पनि रुपन्देही उद्योग सङ्घको आयोजनामा आजदेखि सुरु हुन लागेको प्रदर्शनि पुस १९ गते मङ्लबारसम्म चल्ने भएको छ ।