रुपन्देही– रुपन्देहीको तिलोत्तमामा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । गएराति बुटवल–भैरहवा सडक खण्डको तिलोत्तमा–५ मणिग्रामस्थित सडक किनारको रेलिङमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
दुर्घटनामा शुद्धोधन गाउँपालिका–६ का २४ वर्षीय गजेन्द्र सहनी र सियारी गाउँपालिका–२ का २६ वर्षीय वृजेश थारुको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा दुबै जनाको मृत्यु भएको हो ।
बुटवलबाट भैरहवातर्फ जाँदै गरेको मोटरसाइकल करिब २ बजे दुर्घटनामा परेको थियो । तीब्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई रेलिङमा ठोक्किएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।