फाइल तस्वीर
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रनिनिधिसभाका नवनिर्वाचित सांसद्हरुलाई शपथ ग्रहण समारोहमा राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिएको छ । एमालेका संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचत सबै सांसद्हरुलाई राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिनुभएको हो ।
गत मङ्गलबार अर्थात् पुस ५ गते एमालेले संसदीय दलको नेतामा पार्टी अध्यक्ष ओलीलाई चयन गरेको थियो । नयाँबानेश्वरस्थित संसद् भवनमा आज बिहीबार दिउँसो १२ बजे प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा सर्वदलीय बैठक बसेर दिउँसो १ बजे नवनिर्वाचित सांसद्हरुलाई पद तथा गोपनीयताका शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।
संसद् सचिवालयले शपथ ग्रहणका लागि सांसद् निर्वाचित भएको प्रमाणपत्र लिएर आउन अनुरोध गरेको छ । एमालेले प्रतिनिधिसभातर्फ ७८ सिट जितेको छ ।