काठमाडौं – हाल नेपालको पुर्वी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार हाल प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका थोरै भू–भागमा हुस्सु लागेको छ ।

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । यसैगरी आज राती प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतः सफा रहनेछ ।

तराईका केही भू–भागमा हुस्सु लाग्ने र देशका अधिकांश भू–भागको तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकोले साना बालबालिका, वृद्ध–वृद्धा, दीर्घरोगीहरुका लागि चिसोबाट जोगिन आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।