फाइल तस्वीर
काठमाडौं – बिकिनी किलर’का रूपमा परिचित कुख्यात अन्तर्राष्ट्रिय अपराधीको सङ्ज्ञा पाएर लामो समयदेखि जेल जीवन विताइ रहेका चार्ल्स शोभराजलाई छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले चार्ल्स शोभराजलाई आजै कैदबाट मुक्त गर्न र आदेश भएको १५ दिन भित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउन आदेश दिएको हो ।
हत्याको आरोपमा चार्ल्स शोभराज विगत लामो समयदेखि जेल जीवन विदाउँदै आएका थिए । बृद्ध अवस्थामा पुगेको शोभराजलाई बृद्धको सुविधा दिएर छाड्न सर्वोच्चले आदेश दिएको छ । शोभराजले गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग लगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।


