काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा निर्वाचित सांसदलाई निर्वाचन खर्च विवरण बुझाउन निर्देशन दिएको छ । आयोगले पहिलो हुने प्रणालीतर्फ विजयी भएका र नभएका दुवै उम्मेदवारलाई ३५ दिनभित्रमा प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा खर्च बुझाउन निर्देशन दिएको हो ।

आयोगका अनुसार समयमा खर्च विवरण नबुझाएमा कानुन बमोजिम कारबाही गरिने आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेल छ ।