काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा महन्थ ठाकुर सर्वसम्मत चयन हुनुभएको छ । आज बसेको संसदीय दलको बैठकले उहाँलाई संसदीय दलको नेतामा सर्वसम्मतिले चयन गरेको हो ।

गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसकेको लोसपाले प्रतिनिधिसभामा ४ चार सिटमा जित निकालेको थियो ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा सर्वसम्मतिले चयन हुनुभएका महन्थ ठाकुरले संसदको प्रमुख सचेतक तथा अन्य पदको विषयमा भने पछि छलफल गरेर टुङ्गो लगाइने बताउनुभयो ।