काठमाडौं – नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापाले मन्त्री बनेर सरकारमा नजाने बताउनुभएको छ । काङ्ग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्नुभएका महामन्त्री थापा देउवासँग ३९ मतान्तरले पराजित हुनुभएको हो ।

संसदीय दलको निर्वाचनमा पराजित हुनुभएका थापाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै काङ्ग्रेस संसदीय दलका नेताको नेतृत्वमा सरकार बनाउन पहल गर्ने तर आफू सरकारमा नजाने बताउनुभएको छ ।

आगामी सरकारमा तपाईँ सहभागी हुने कि नहुने भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा काङ्ग्रेसका महामन्त्री थापाले–‘म संसदीय दलकै नेतृत्व परिवर्तन हुनुपर्छ भनेर लागेको हुँ । सरकारमा अरु साथीहरू जानुहुन्छ । अरूको नेतृत्वमा सरकारमा जाने प्रश्न आउँदैन । म आउँदो संसदीय दलको चुनावका लागि नै तयारी गर्छु’–भन्नुभयो ।