फाइल तस्वीर
काठमाडौं— प्रधानमन्त्री एवम् नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई अब मजबुद बनाउँदै राम्रोसँग अगाडि बढाउने बताउनु भएको छ । आज सम्पन्न पार्टीको संसदीय दलको नेतामा विजयी भएपछि सभापति देउवाले प्रतिक्रिया दिंदै यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

संसदीय दलको नेता चयन भएपछि सभापति देउवाले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रतिक्रिया दिंदै ’अब पार्टीलाई राम्ररी अगाडि बढाएर लैजान्छौं, सबैलाई मिलाएर लैजान्छौं’ भन्नुभयो ।
आज बिहानसम्पन्न भएको पार्टी संसदीय दलको नेता चयन गर्ने निर्वाचनमा सभापति देउवा महामन्त्री गगनकुमार थापालाइए पछिपार्दै दलको नेतामा निर्वाचित हुनुभएको थियो । देउवाले ६४ मतसहित विजयी हुँदा महामन्त्री थापाले २५ मत प्राप्त गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवा अब बन्ने सरकारको तर्फबाट गठबन्धनलाई मिलाएर पुनः प्रधानमन्त्री हुने दौडमा हुनुहुन्छ । उहाँ पुनः प्रधानमन्त्री हुनभए प्रधानमन्त्रीमा उहाँले दुई पटक ह्याट्रिक गर्नु हुनेछ । नेपाली काङ्ग्रेसको पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठकले काङग्रेसकै नेतृत्वमा गठबन्धनको सरकार बनाउने निर्णय गरेको छ ।

गत वर्ष अर्थात् २०७८ असार २८ गते पाँचौं पटक प्रधानमन्त्रीको बाजि मार्नुभएका देउवा पुनः छैटौं पटकको प्रधानमन्त्री बन्ने दौडाहामा रहनुभएको छ । गठबन्धनको सहयोगमा पाँचौं पटक प्रधानमन्त्री बन्नुहुँदा निर्वाचन पछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको थियो । एक महिना अघि सम्पन्न भएको निर्वाचनको परिणामबाट ठूलो दल बनेको नेपाली काङ्ग्रेसले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बन्न नदिनेगरी काङ्ग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ ।