फाइल तस्वीर
काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ ।

संसदीय दलको नेता चयन गर्न आज बुधबार बिहान सम्पन्न भएको मतदानमा प्रधानमन्त्री समेत रहनुभएका पार्टी सभापति देउवाको पक्षमा ६४ मत परेको थियो भने महामन्त्री गगनकुमार थापा पक्षमा २५ मतमात्र परेको थियो ।

पार्टी सभापति देउवाले महामन्त्री थापालाई ३९ मतान्तरले पराजित गर्दै संसदीय दलको नेतामा चयन हुनुभएको छ ।