काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य ८१ वर्षीय पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयतको शपथ गराउने हुनुभएको छ । राष्ट्रपति कार्यालयले जनाए अनुसार आज दिउँसो १ बजे ज्येष्ठ सदस्य राणालाई राष्ट्रपति भण्डारीले शपथ ग्रहण गराउन लाग्नुभएको हो ।
संसद् सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण गर्न ज्येष्ठ सदस्य छनोट गरेको थियो । सङ्घीय संसद् सचिवालयका अनुसार ज्येष्ठ सदस्य राणाको जन्म वि.सं १९९८ मङ्सिर २४ गते भएको र राणा ८१ वर्ष १० दिनको हुनुभएकोले उहाँलाई ज्येष्ठ सांसद् ठहर गरी पद तथा गोपनीयतको शपथ गराउने तयारी भएको संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले बताउनुभयो ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य राणाले आज राष्ट्रपतिबाट शपथ लिएपछि भोलि बिहीबार अन्य सदस्यलाई नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शपथ गराउने कार्यक्रम छ ।