काठमाडौं – नेपाली काङ्ग्रेसको संसदीय दलको नेताका लागि आज निर्वाचन हुँदैछ । काङ्ग्रेस संसदीय दलको कार्यालय सिंहदरबार परिसरमा अहिले बिहान ८ बजेदेखि १० बजेसम्म मतदान हुने भएको हो । संसदीय दलको नेताका लागि प्रधानमन्त्री एवं काङ्ग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा चुनावी मैदानमा हुनुहुन्छ ।
काङ्ग्रेस संसदीय दलमा ८९ सांसदले निर्वाचन प्रकृयामा भाग लिनेछन् । पार्टी सभापति देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल हुनुहुन्छ भने उहाँको समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहनुभएको छ । यता महामन्त्री थापाको प्रस्तावकमा संस्थापन इतर समूहका नेता डा.शेखर कोइरालार समर्थकमा पार्टीका उपसभापतिसमेत रहनुभएका सांसद धनराज गुरुङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल रहनुभएको छ ।
संसदीय दलको नेता निर्वाचित हुन ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ । यसअनुसार संसदीय दलको नेता बन्न ४५ जना सांसदको समर्थन जुटाउनुपर्ने देखिन्छ ।