काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेता चयन भएका छन् ।

आज मङ्गलबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बसेको एमाले संसदीय दलको बैठकमा उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओलीलाई दलको नेतामा सर्वसम्मत चयन गरिएको हो ।

सांसद ठाकुर गैरेका अनुसार अर्को बैठक बसेर उपनेता, प्रमुख सचेतक लगायत चयन गर्ने एमालेको तयारी रहेको छ ।