फाइल तस्वीर

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको नेतामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन सर्वसम्मत चयन हुनुभएको छ । आज मङ्गलबार बसेको संसदीय दलको बैठकले उहाँलाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।


प्रतिनिधिसभामा राप्रपाका १४ सांसद छन् । जसमध्ये ७ जना प्रत्यक्ष र ७ जना समानुपातिक पद्धतिबाट निर्वाचित भएका हुन् ।