काठमाडौं – नेपालका लागि विभिन्न तीन देशका राजदूतहरुले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आ–आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् । राष्ट्रपति कार्यालयका अनुसार आज मङ्गलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरुले आ–आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार ओहदाको प्रमाणपत्र बुझाउनेहरुमा नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्ला सइद मुवारक जरवन अलसामसी, नेपालका लागि संयुक्त गणतन्त्र ताञ्जानियाका राजदूत कापुफी एमबेगा र नेपालका लागि सर्बियाका राजदूत सिनिसा पेभिकले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

उनीहरुमध्ये नेपालका लागि संयुक्त अरब इमिरेट्सका आवासीय राजदूत हुन् भने ताञ्जानिया र सर्बियाका गैरआवासीय राजदूत हुन् ।