फाइल तस्वीर


काठमाडौं – नेपाली काङ्ग्रेस संसदीय दलको नेता चयन गर्न आज हुने निर्वाचनमा संस्थापन पक्षबाट पार्टी सभापति शेरबहादुर देउवा र इतर समूहबाट महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पधा हुनेभएको छ । संस्थापन इतरपक्षको नेतृत्व गर्दै आउनु भएका डा. शेखर कोइरालाले महामन्त्री गगन कुमार थापाको नाम प्रस्ताव गर्नुहुने भएको हो ।

आज बिहान होटल एम्बेस्डरमा बसेको इतर समूहको बैठकले काङ्ग्रेस संसदीय दलको नेताको लागि महामन्त्री थापालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । इतर समूहका नेता डा.शेखर कोइरालाको साथ र समर्थन लिएर महामन्त्री थापा पार्टी सभापति देउवासँग संसदीय दलको नेताका लागि चुनाव लड्न लाग्नु भएको हो ।

नेता कोइराला र महामन्त्री थापाबीच आगामी पाँच वर्षपछि संसदीय दलको नेताका लागि थापाले नेता कोइरालालाई सहयोग गर्ने बाचा गर्नुभएको स्रोतको भनाइछ । इतर समूहबाट संसदीय दलको नेताको उम्मेदवार बनाउने विषयमा खासै विवाद नभएको बताइएको छ ।