काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुन,चाँदी दुबैको मूल्यमा सामान्य गिरावट आएको जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको हो ।

मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४ सय रुपैयाँ कायम भएको छ । यसैगरी तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले नैघटेर प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

त्यसैगरी चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर आज तोलामा १ हजार ३ सय ७५ रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ ।