काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले निर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिएको छ । आज सोमबार पार्टी केन्द्रीय कार्यालय तीनकुनेस्थित आलोक नगरमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना आदान प्रदानको औपचारिक कार्यक्रममा अध्यक्ष माधवकुमार नेपाल तथा सम्मानित नेता झलनाथ खनालले विजयी सांसद्हरूलाई दोसल्ला र माला लगाएर बधाई तथा शुभकामना ज्ञापन गर्नुभएको हो ।


सत्ता गठबन्धनमा आवद्ध दल एकीकृत समाजवादीबाट प्रतिनिधि सभामा पार्टी अध्यक्ष माधवकुमार नेपालसहित १० जना सांसद रहनुभएको छ ।