काठमाडौँ – साताको दोस्रो दिन आज सोमबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाली बजारमा छापावाल सुन प्रतितोला रु एक लाख पाँच सय कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज तेजाबी सुनको मूल्य पनि यथावत् रहेर प्रतितोला रु एक लाख रुपैयाँ तोकिएको छ ।

त्यस्तै चाँदी अघिल्लो दिनको कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु १ हजार ३ सय ८० रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ ।