काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आज बसेको पदाधिकारी बैठकले नवनिर्वाचित सांसदको शपथग्रहण गरेपछि मात्र सरकार गठनलगायतका प्रक्रिया अघि बढाइने बताएको छ ।

आज आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले सांसद्हरूको शपथग्रहण भएपश्चात मात्रै सरकार गठनबारे छलफल गर्ने निर्णय गरेको हो ।