फाइल तस्वीर
काठमाडौं – नेपाली काङ्ग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गर्ने भएको छ । आज आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनका लागि गठबन्धनका दलसँग संवाद गर्ने निर्णय गरेको हो ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि प्रवक्ता प्रकाशशरण महतले ठुलो दलको हैसियतले पार्टीले नै सरकारको नेतृत्व पाउनुपर्ने निष्कर्षका साथ काङ्ग्रेसले यस्तो निर्णय गरेको जानकारी दिनुभएको छ ।
यसैगरी बैठकले संसदीय दलको चुनावका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको र सातै प्रदेशमा संसदीय दलको नेता चयनका लागि प्रदेश कार्यसमितिलाई निर्देशन दिने निर्णय भएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो ।