काठमाडौं — निर्वाचन आयोगले समानुपातिक तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा चुनिएका सांसद्हरूलाई प्रमाणपत्र प्रदान गरेको छ । कान्तिपथस्थित आयोगको कार्यालयमा आज आइतबार आयोजित प्रमाणपत्र वितरण कार्र्य प्रतिनिधिसभा र सातवटै प्रदेशसभाका सांसदलाई प्रमाणपत्र उपलब्ध गराइएको हो ।

समानुपातिकबाट सांसद् चुनिएकाहरूलाई निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

समानुपातिकबाट प्रतिनिधिसभा ११० जना सामानुपातिकतर्फ निर्वाचित भएका छन् । प्रदेश सभा अन्तर्गत प्रदेश १ मा ३७, मधेशमा ४३, बागमती ४४, गण्डकी २४, लुम्बिनी ३५, कर्णाली १६ र सुदूरपश्चिममा २१ जना समानुपातिकतर्फबाट निर्वाचित भएका छन् ।