फाइल तस्वीर

काठमाडौं – भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापीय प्रणालीका कारण मुलुकका केही क्षेत्रमा वर्षाको सम्भावना पनि रहेको छ ।

आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । महाशाखाले प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागको एक(दुई स्थानमा हल्का वर्षाको पनि आँकलन गरेको छ । त्यस्तै, प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी भूभागका एक–दुई स्थानमा हल्का हिमपातको पनि प्रक्षेपण गरिएको छ । आज राति प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी भूभागका एक–दुई स्थानमा हल्का हिमपातको आकलन गरिएको छ ।

सोमबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी भूभागको एक–दुई स्थानमा हल्का हिमपातको पनि आँकलन महाशाखाले गरेको छ । तराईका केही भू–भागमा बिहानदेखि नै हुस्सु लागेको छ । पूर्व र पश्चिम तराईका केही स्थान तथा मध्य तराईका धेरै स्थानमा हुस्सु लागेको र चिसो बढ्दै गएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।