काठमाडौँ– प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन पश्चात् नयाँ सरकार गठनका लागि दलहरूबीच आन्तरिक छलफल भइरहेका बेला नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।

पाँच दलीय गठबन्धनभित्र सहमतिका आधारमा सरकारको नेतृत्व गर्नेबारे छलफल भइरहेका बेला माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको हो ।

माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङका अनुसार पार्टी मुख्यालय पेरिसडाँडामा आज दिउँसो २ बजे बोलाइएको बैठकमा सरकार गठन र संसदीय दलका नेता चयनलगायतका विषयमा छलफल हुने भएको छ । माओवादी केन्द्रले संसदीय दलको नेतामा पार्टी अध्यक्ष प्रचण्डलाई नै प्रधानमन्त्रीका रुपमा अघि सारेको छ ।