काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक सानेपास्थित पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा आज दिउँसो ३ बजे बस्न लागेको हो ।
बैठकमा संसदीय दलको निर्वाचन, सरकार गठन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । पार्टी कार्यालयका मुख्य सचिव पौडेलका अनुसार बैठक आज दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ ।
बैठकले संसदीय दलको निर्वाचनका लागि समिति गठन गर्ने र निर्वाचनको मिति तय गर्ने तयारी गरेको छ ।