फाइल तस्वीर

काठमाडौं— प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद्हरुलाई प्रतिनिधिसभा बैठकमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज शनिबार आयोजित बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा आफ्नो पार्टीका नवनिर्वाचित सांसद्हरुलाई यस्तो निर्देशन दिनुभएको हो ।

सञ्चारमन्त्रीका साथै सरकारका प्रवक्तासमेत रहनुभएका काङग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकारहरुसँग कुरागर्दै ‘काङ्ग्रेसकै नेतृत्वमा गठबन्धन सरकार बन्ने र त्यसमा सबै पक्षलाई समेटेर अघि बढने’ बताउनु भएको छ । सोहीक्रममा नेता कार्कीले ‘ नवनिर्वाचित सांसद्हरुलाई ‘प्रतिनिधिसभामा प्रभावकारी भूमिका निर्वाह गर्न’ निर्देशन दिनुभएको बताउनु भयो । मन्त्री कार्कीले वर्तमान गठबन्धनलाई जनताले अनुमोदन गरेको भन्दै अब छिट्टै गठबन्धनको बैठक बसेर सरकार गठनदेखि अन्य विषयमा समेत छलफल गरी निर्णयमा पुग्ने दावी समेत गर्नुभयो ।

नेता कार्कीका अनुसार प्रधानमन्त्री देउवाले सबैलाई समेटेर राष्ट्रिय एकताका साथ अघि बढ्ने नवनिर्वाचित सांसदहरुलाई जानकारी गराउनु भएको समेत जानकारी गराउनु भएको छ । मन्त्री कार्कीले चाँडै नै सत्तारुढ गठबन्धन दलको बैठक बस्ने र सरकारको नेतृत्वलगायतका विषयमा छलफल गरी छिट्टै ठोस निर्णयमा पुग्ने दावीसमेत गर्नुभएको छ ।