फाइल तस्वीर


काठमाडौं – नेपाली काङ्ग्रेसले हालै सम्पन्न भएको निर्वाचनबाट निर्वाचित भएका काङ्ग्रेसका सांसदहरुलाई बधाई तथा शुभकामना दिन बोलाएको छ । पार्टी सभापतिसमेत रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित सांसदलाई बधाई तथा शुभकामना दिन र एक आपसमा परिचय गर्न आज शनिबार बोलाउनु भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज दिउँसो ३ बजे पार्टीका सबै नवनिर्वाचित सांसदहरुलाई बोलाएको छ । नेपाली काङ्ग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिट जितेको छ । नेपाली काङ्ग्रेस प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको छ । नेकपा एमालेभन्दा थोरै सिट सङ्ख्याले ठूलो दल बनेको काङ्ग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने प्रयास गरिरहेको छ ।