फाइल तस्वीर


काठमाडौं– आज शनिबार देशको मौसम आंशिक बदली हुनेछ । जल तथा मौसम विज्ञान विभागकाअनुसार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

शनिबार प्रदेश एक, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश एकका साथै बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुनसक्ने बताइएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं एक, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही प्रदेश एक, बागमती र गण्डकी प्रदेशकै पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षा तथा सोही प्रदेशको उच्च पहाडी भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

तराईका केही भू–भागमा बिहानीपख हुस्सु÷कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।