काठमाडौं – नेपाल वायुसेवा निगमले स्थायी पदपूर्तिका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ । निगमले रिक्त रहेका विभिन्न पदमा स्थायी पदपूर्तिका लागि सातौँ तहदेखि चौथो तहसम्मका लागि आवेदन आह्वान गरेको हो ।
नेपाल वायुसेवा निगमले रिक्त पदहरूमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि योग्य नेपाली नागरिकले अनलाइन दरखास्त दिन सक्ने जनाएको छ ।
आवेदन दिन योग्य र इच्छुक नागरिकले यहि पुस २१ गतेभित्र आवेदन दिन सक्ने र दोब्बर दस्तुर तिरेर एक हप्ता पछिसम्म (पुस २८ सम्म) आवेदन दिन सकिने निगमले सार्वजनिक गरेको सूचनामा भनिएको छ ।
