काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले आज सम्मानित गरेको छ । आज अपरान्ह ३ बजे पौडेललाई जापान सरकारले विभूषणबाट उच्च सम्मान गरेको हो । जापान सरकारको तर्फबाट नेपालका लागि जापानी राजदूत मासामिची साइगोले वरिष्ठ नेता पौडेललाई सम्मान गर्नुभएको हो ।

नेपाल–जापान सम्बन्ध प्रवर्द्धनमा योगदान पु¥याएको भन्दै जापान सरकारले सन् २०२० को अप्रिलमा २९ मा नेता पौडेललाई ‘द ग्रान्ड कोर्डन अफ द अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित गर्ने घोषणा गरेको थियो । तर, विश्वव्यापी कोभिड महामारीका कारण सम्मान कार्यक्रम स्थगित भएको थियो । नेपालस्थित जापानका राजदूत किकुता युताकाले नेता पौडेललाई आज उहाँको निवासमा एक कार्यक्रमबीच सम्मान प्रदान गर्नुभयो ।

वरिष्ठ नेता पौडेल नेपाल–जापान संसदीयमैत्री सङ्घका संस्थापक समेत हुनुहुन्थ्यो । काङ्ग्रेस नेता पौडेललाई विशेषतः पूर्व सभामुखको हैसियत र त्यसपछि सुदृढ जापान–नेपाल सम्बन्धका लागि कदर गरिएको हो । महत्वपूर्ण घडीमा दह्रो निर्णय लिन सक्ने निष्ठा, बौद्धिकता, त्याग, सैद्धान्तिक लेखपढ, संघर्ष र अनुभवमा समकालीन राजनीतिज्ञहरुमध्ये उहाँको स्थान उच्च रहेको छ । कार्यक्रममा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पौडेलले सम्मान गरेकोमा नेपाल सरकारका तर्फबाट जापान सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो ।