काठमाडौं – काठमाडौं महानगरपालिकाले आज बिहीबार महानगरका सम्पूर्ण सेवा प्रवाह बन्द रहने भएको बताएको छ । आज महानगरले एक सूचना जारी गरी २८औँ दिवसको कार्यक्रमको अवसरमा वडा कार्यालयदेखि केन्द्रीय कार्यालयसम्मका कुनै पनि कामकाज सञ्चालन नहुने जनाएको हो ।
महानगरले जारी गरेको सूचनामा ‘काठमाडौँ महानगर, मातहतका सबै विभाग/आयोजना/कार्यक्रम/वडा कार्यालयहरू र एकाइहरूबाट प्रवाह हुने सेवा बन्द हुने हुँदा जानकारीका लागि अनुरोध छ । यसबाट सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति काठमाडौँ महानगरपालिका क्षमाप्रार्थी छ’,भनी उल्लेख गरिएको छ ।

महानगरको प्रशासन विभागका अनुसार काठमाडौं महानगर, मातहतका सबै विभाग, आयोजना, कार्यक्रम, वडा कार्यालय र एकाइबाट प्रवाह हुने सेवा आज बन्द हुनेछ ।