काठमाडौं – हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान तराईका केही स्थानहरुमा हुस्सु लाग्नुको साथै देशको पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना रहेको छ ।

आज दिउँसो गण्डकी र लुम्बिनी प्रदेशका साथै प्रदेश १ र बागमती प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राती लुम्बिनी प्रदेशका साथै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहनेछ ।

तराईका केही भू–भागमा बिहानीपख हुस्सु÷कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।