काठमाडौं – गाउँपालिकाको छाता सङ्गठन गाउँपालिका राष्ट्रिय महासङ्घले ‘समृद्ध नेपालको आधारः सुशासनयुक्त सक्षम स्थानीय सरकार’ भन्ने मूल नाराका साथ १३ बुँदे काठमाडौं घोषणा–पत्र, २०७९ जारी गरेको छ । काठमाडौंमा सम्पन्न महासङ्घको तेस्रोक महाधिवेशनले यस्तो नारा तय गरेको हो ।
महासङ्घका अध्यक्ष होमनाथ अधिकारीका अनुसार महाधिवेशनमा देशभरका ४ सय ६० मध्ये ४ सय २५ गाउँपालिकाबाट करिब ८ सय २५ भन्दा बढी अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यहरुको सहभागिता रहेको थियो । महाधिवेशन स्थानीय जनप्रतिनिधिहरुको उपस्थितिले आपसी सञ्जालीकरण र आत्मविश्वासमा वृद्धि भएको महाधिवेशको निष्कर्ष छ ।
देशभरका ४ सय ६० वटै गाउँपालिकाको छाता संगठन गाउँपालिका राष्ट्रिय महासंघ नेपालले तेस्रो राष्ट्रिय महाधिवेशनले जारी गरेको १३ बुँदे काठमाडौं घोषणा–पत्र, २०७९ यस प्रकार छः
घोषणापत्रको पूर्णपाठ :