काठमाडौं– महानगर दिवसको २८ औं अवसरमा काठमाडौं महानगरपालिकाले नेपाली सेनासँगको साझेदारीमा बृहत् स्वास्थ्य शिविर र निःशुल्क औषधि वितरण गरिरहेको छ ।
काठमाडौं महानगरले आज बुधबार र भोलि बिहीबार बिहान ८ बजेदेखि १२ बजेसम्म बिरामीको नाम दर्ता गर्ने र बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म स्वास्थ्य परीक्षण गरिने जनाइएको छ । सहिदगेटस्थित नेपाली सेनाको खेल मैदानमा उक्त शिविर सञ्चालन भइरहेको सेनाले जनाएको छ ।
काठमाडौं महानगरपालिकाले स्वास्थ्य शिविरमा जनरल फिजिसियन, कार्डियोलोजी, छाती रोग, स्त्री रोग, अल्ट्रा साउण्ड, बालरोग, आँखा रोग, नाक, कान, घाँटी रोग, नसा तथा मानसिक रोग, दन्तरोगसम्बन्धी परीक्षण र औषधि वितरण भइरहेको जनाएको छ ।